६० किलो सुन तस्करी प्रकरणमा संलग्न अमलाविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । अन्तराष्ट्रिय अपराध प्रहरी संगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । रोल्पा घर भएकी अमला विरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

हङकङबाट काठमाडौं ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । उनीविरुद्ध इन्टरपोलले ५ फेब्रुअरीमा डिफ्युजन जारी गरेको हो । अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् ।

पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा अहिले सुन प्रकरणमा थुनामा छन् ।

अमला ठमेलस्थित ‘होटेल भियना’ को सञ्चालिका हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित