दैलेखमा करेन्ट लागेर एक युवाको मृत्यु

सुर्खेत । करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए ।

दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनी एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

डीएसपी केसीका अनुसार मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो । प्रहरीलाई बेलुका ८ बजेमात्रै घटनाबारे जानकारी भएपछि उनलाई प्रदेश अस्पताल ल्याइएको थियो । राति ११ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेटवर्कको फाइवर विस्तारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी केसीले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित