परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपि साउद आज अष्ट्रेलिया जाँदैछन्। पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा भाग लिनका लागि परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जान लागेका हुन्।

उनी आज साँझको फ्लाइटमार्फत त्यसतर्फ जानलागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिए। परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्नेछन्।

सम्मेलनकै क्रममा उनले अष्ट्रेलियाका विदेशमन्त्री पेनी ओङसँग द्विपक्षीय भेटवार्ता गर्नछन्। उनी अष्ट्रेलियाबाटै न्यूजिल्याण्ड जानेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार १४ फेब्रुअरीमा न्युजिल्याण्डको विदेश मन्त्री विन्सटन पिटर्स र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।मन्त्री साउदसँग उनकी श्रीमती ज्योत्सना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू भ्रणण टोलीमा छन्।

परराष्ट्रमन्त्री साउद १५ फेब्रुअरीमा स्वदेश फर्कनेछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित