पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला

पाल्पा । पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन्। रिब्दीकोट गाउँपालिका वडा नम्बर- ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्‍ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेका हुन्। अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन्। प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ। श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ।

स्‍थानीयका अनुसार उनीहरूका तीन जना छोरी छन्। चार वर्ष अघि एक जना छोराको मृत्यु भएको थियो। छोराको मृत्यु भएपछि गाहा दम्पत्ती विक्षिप्त बनेको स्थानीयको भनाइ छ।

प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित