उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।

न्यायपरिषद्ले कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालतमा, सुनसरीका हरिप्रसाद कोइरालालाई कास्कीमा, कास्कीका अवनी मैनाली भट्टराईलाई मकवानपुर, तेह्रथुमका प्रमेश पोखरेलाई पर्सा, रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीम बहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।

त्यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन, नवलपुरका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।

1 https://newskhari.com/storage/2024/01/nyaya-sewa-aayog-2.webp 2 https://newskhari.com/storage/2024/01/nyaya-sewa-aayog-2.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित