काठमाडौं । रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका तथा बेपत्ता भएका नेपालीहरूका परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार उनीहरूले रुसी दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।
दूतावासमा ज्ञापनपत्र बुझाउन सबै जनालाई जान नदिएको भन्दै उनीहरूले बालुवाटारस्थित दूतावासअगाडि सडकमा धर्ना सुरु गरेका हुन् । उनीहरूले रुसी सेनामा नेपालीलाई भर्ना गर्न रोकिनुपर्ने, युद्धमा मारिएका नेपालीहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्ने, युद्धमा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याइनुपर्नेलगायतका माग राखेका छन् ।