९ महिनादेखि फरार नेपालीको अपिल: ‘सम्पूर्ण सम्पत्ति सहकारी पीडितलाई हस्तान्तरण गर्छु’

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवुकमार नेपालीले आफ्नो सम्पूर्ण सम्पत्ति सहकारी पीडितलाई दिने बताएका छन् ।

माघ १९ अपिल सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमती छेला नेपालीको नाममा रहेको सम्पूर्ण सम्पत्ति सहकारी पीडितको नाममा गरिदिने बताएका हुन् ।

बचतकर्ताको करिब २ अर्ब रुपैयाँ हिनामिना गरि २०८० जेठ ५ गते देवुकमार नेपाली परिवारसहित फरार भएका नेपालीले मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरुको बचत फिर्ता गर्न आफू छिटै सार्वजनिक हुने बताएका थिए ।

पछिलो पटक सार्वजनिक गरिएको प्रतिवद्धता अनुसार नेपालीले आफू र आफ्नो नाममा रहेको घर जग्गाहरु सहकारीका बचतकर्ताहरुले जम्मा गरेको रकम, बैंकको ऋण र आफ्नो निजी सम्पत्ती समेतबाट खरिद गरेको बताएका छन् । .

नेपालीले आफु र आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ती सहकारीका पीडितहरुलाई हस्तान्तरण गर्न तयार रहेको भन्दै सहज वातावरण सिर्जना गरिदिन सबै सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।

पीडितहरुलाई सम्बोधन गर्दै नेपालीले भने, ‘यहाँहरु जस्तै हामी पनि समस्याको समाधान गर्न चाहन्छौ । हाम्रो नियतका कारण होइन, वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको हो । सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ । सहकारीमा बचत गरेका सदस्यहरुको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिवद्धछौँ, संवेदनशील छौँ ।’

६ महिनाभित्रमा सबै समस्या समाधान गर्न सक्छौ भन्ने सोचेर काम गरेका थियौँ तर समय र परिस्थिति हाम्रो अनुकुल हुन सकेन । अहिलेको परिस्थिति हाम्रो नियन्त्रणमा छैन । पीडित सदस्य बचतकर्ताहरु, सहकारी विभाग र सहकारी रजिष्ट्रार कार्यालय, प्रहरी प्रशासन र अदालत समेत यो विषयसंग प्रत्यक्ष जोडिएको अवस्था छ । यस्तो अवस्थामा समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले गम्भीरताका साथ मनन गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ, नेपालीले जारी गरेको अपिलमा उल्लेख छ ।

416382296 1426235558009466 4273093454892177123 n https://newskhari.com/storage/2023/05/dev-kumar-nepali_yLbhaBaP3o.jpg

 

416502686 771828231637243 6726275980408246829 n https://newskhari.com/storage/2023/05/dev-kumar-nepali_yLbhaBaP3o.jpg

 

416567198 926703405857197 9187810444832839420 n https://newskhari.com/storage/2023/05/dev-kumar-nepali_yLbhaBaP3o.jpg

416499003 1686661321858221 3132209097910885770 n https://newskhari.com/storage/2023/05/dev-kumar-nepali_yLbhaBaP3o.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित