१६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ, दुई किशोरसँग प्रेममा रहेको खुलासा

काठमाडौैं । दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ रहेकाे घटना सार्वजनिक भएको छ। किशोरीलाई बलात्कारमा गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोर छन्।

प्रहरीका अनुसार किशोरी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी स्कुलको होस्टेलमा बसेर पढ्थिन्। पक्राउ पर्ने किशोर पनि किशोरी पढ्नै स्कुलकै विद्यार्थी भएका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार किशोरी गएको एक साताअघि करिब चार दिन परिवारको सम्पर्कमा थिइनन्। होस्टल छाडेर हिँडेकी उनी परिवारको सम्पर्कमा पनि नरहेपछि खोजीको लागि भन्दै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेकी थिइन्।

‘चार दिनपछि उनी आफैँ परिवारको सम्पर्कमा पुगेकी रहिछन्। अभिभावकले कहाँ गएकी थिइस् भनेर खोजी गर्ने क्रममा उनले आफू अप्ठ्यारो अवस्थामा रहेको जानकारी गराएपछि अभिभावक बलात्कारको किटानी जाहेरी लिएर प्रहरी कार्यालयमा आएका हुन्,’ डीएसपी जनकबहादुर मल्लले भने ।

उनले स्वास्थ्य परीक्षणको क्रममा किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। पक्राउ परेका दुबै किशोरले किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित