सर्लाहीमा सवारी दुर्घटना : नापी कार्यालयका प्रमुख मान्नधरसहित ११ जना घाइते

मलङ्गवा । सर्लाहीको मलङ्गवा नगरपालिका(११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा नापी कार्यालय प्रमुखसहित ११ जना घाइते भएका छन्। ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज २ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय मान्नधर, ३० वर्षीय बैजु यादव, अन्दाजी ५३ वर्षीय बिनोद घिमिरे र ३५ वर्षीय रामलाल साह रहेका छन्। त्यस्तै २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहिद अनवर र २५ वर्षीय अजय यादव घाइते भएका छन्।

रिटेन यादव बाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्वामा समान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सवारीसाधन अहिले घटनास्थलमै रहेको छ । ट्याक्टर चालक फरार रहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित