डीआईजी चन्दको राजीनामा रितपूर्ण नभएको भन्दै प्रहरी हेडक्वार्टरले फर्काइदियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ । मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकाले फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले बताए । गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।

‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।

छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन् ।

लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए । त्यसपछि उनलाई महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बस्न भनेको स्रोतले बतायो । ‘उहाँलाई १० दिन बिदा बसेर आउन भनिएको छ’, स्रोतले भन्यो ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए । त्यसअघि पनि उनले डीआईजीहरुको सरुवामा प्रदेशको नेतृत्व खोजेका थिए । तर, पाएका थिएनन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित