सिंहदरबार गेटबाट आरती साहका आमा र भाइ प्रहरीको नियन्त्रणमा

काठमाडौं । आरती साहको न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो सिंहदरबार छिर्न खोजेका निर्मलादेवी र प्रेमलाई प्रहरीले गेटबाट नियन्त्रणमा लिएको हो। उनीहरूले गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जाने बताएका थिए।

उनीहरूले आफूहरूसँग पास भएको दाबी गरेका छन्। प्रहरीले जान नदिएपछि उनीहरूले नाराबाजी समेत गरेका थिए। प्रहरीले भने मन्त्रालयमा समन्वय गर्नुपर्ने हुनाले केहीबेर कुर्न भनेपछि विरोध गर्न थालेको बताएको छ। अहिले दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।

गत मंसिरमा सर्वोच्च अदालतले आरती साहको मृत्यु भएको घटनामा श्रीमान मोतिबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

अर्का प्रतिवादी (.आरतीका ससुरा) मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ। जेठ ७ गते जनकपुर उपमहानगरपालिका-८ स्थित श्रीमानको घरमा आरती मृत फेला परेकी थिइन्। घटनापछि माइतीपक्षले उनका श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित