त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट २५ हजार अमेरिकन डलरसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । २५ हजार अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुनवन अतर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। २९ वर्षीय चिनियाँ नागरिक कोय बिनचाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानबाट पक्राउ गरिएको हो। ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला परेको प्रहरीले जनाएको छ।

१ सय दरको २५० थान अमेरिकन डलर उनीबाट बरामद भएको हो। आजको विनियम दरअनुसार उक्त डलरको नेपाली रुपैयाँ ३३ लाख ४८ हजार हुन्छ।

पक्राउ परेका चिनियाँ नागरिक कोय चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित