काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।