तीन वर्ष कैद र चार करोड जरिवाना फैसला भएकी मन्दिरा ९ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाकी फरार एक प्रतिवादीलाई झन्डै ९ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीया मन्दिरा केसी (कार्की) रहेकी छन् । उनलाई सीआईबीले शनिबार बनेपाबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

सीआईबीका अनुसार मन्दिरा सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएर भक्तपुरस्थत साविको चाँगुनारायण गाविस वडा नम्बर ७ र ९ मा रहेका जग्गाहरू धितो राखेर ऋण निकालिएको थियो । तर, उनीविरुद्ध प्राप्त कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको बैंकिङ कसुरमा मुद्दा चलेको थियो ।

मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले मन्दिरालाई तीन वर्ष कैद र चार करोड रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार थिइन् ।

उनलाई सीआईबीको टोलीले शनिबार काभ्रेपलान्चोकबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित