राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा रिक्त हुन लागेको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्नेगरी छलफल भएको हो।

छलफलपछि कार्यव्यवस्था तथा परामर्श समितिले निकालेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने उल्लेख छ। संभावित कार्यसूचीअनुसार फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय तोकिनेछ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिदैछ। राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भइसकेको छ। नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो,नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा एस चौथो दल छन्।

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला प्रमुख दावेदार छन्। यद्यपि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पदामा आफ्नो तर्फबाट उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित