हुम्लामा पुनः हिमपात

 

सिमकोट । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो। सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले आइतबारबाट हिमपात सुरु भएको र यो क्रम अहिले पनि जारी रहेको बताए।

उनले दोस्रो पटक हुम्लामा हिमपात सुरु भएको बताउँदै जमिनमा दुई ईन्चभन्दा बढी हिउँ जमेको जानकारी दिए। हिमपात जिल्लाभर भएको छ। हिउ पर्न सुरु भएपछि धुलाम्मे जमिन सेताम्मे देखिएको छ।

गत पुस महिनाभर हिमपात नहुँदा किसानहरू निकै चिन्तित भएका थिए। किसान बलजिते कामीले यो हिमपात किसानका लागि निक्कै उपयोगी हुने बताउँदै केही दिन राम्रैसँग हिमपात भए राम्रो हुने बताए।

जौं, गहुँ र उवा उम्रने आशामा किसान देखिएका छन्। फलफुलका बिरुवा लगाउने समय भएको कारण त्यसका लागि पनि हिमपातले सहज बनाएको छ।

हिमपात भएपछि चिसो भने बढेको छ। सदरमुकाम सिमकोटभन्दा दक्षिणतर्फ भने दोस्रो पहिलो हिमपात हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित