काठमाडौं । सूर्योदय वोमी लघुवित्तले आर्थिक वर्ष २०७९–८० वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंकले १४.०७७ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।
साविकका दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरू गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ।
कम्पनीले गत वर्ष भने १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
































