बागलुङ । मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ सडक कालोपत्रे नभएको भन्दै स्थानीयले लोकमार्ग पूर्ण रूपमा ठप्प पारेका छन् ।
कालाेपत्रे गर्न माघ २१ गतेसम्मको अल्टिमेटम दिएका स्थानीयले रुख ढालेर मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा ठप्प पारेका हुन् ।
लोकमार्ग ठप्प हुँदा काठमाडौंबाट बुर्तिबाङ, रूकुम जाने र बुर्तिबाङबाट बागलुङ आउने गाडीहरू सडकमा रोकिएका छन् ।
स्थानीयले सडक अवरुद्ध पारेपछि काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, सुरक्षाकर्मीहरुको टोली घटनास्थलमा पुगेको छ ।