काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै शुक्रवार राजीनामा दिएको बताएका छन् ।
मैले आफ्नो नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, उनले भने । यता प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी नआएको बताएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।
(डीआईजी अर्जुन चन्दकाे तस्बिर हुनुपर्नेमा अन्यथा भएकाेमा सच्चाइएकाे छ-सम्पादक )