शान्ति सेनामा गएका सुवास थापाको गोली लागेर मृत्यु

काठमाडौं । लेबनानमा कार्यरत एकजना नेपाली शान्ति सैनिकको गोली लागेर मृत्यु भएको छ।

नेपाली सेनाको जन सम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै आफैँले बोकेको गोली लागेर शान्ति सैनिक सुवास थापाको मृत्यु भएको जानकारी दिएको हो।

दोलखा घर भएका थापा पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत थिए।
यही माघ १८ गते बंकरमा ड्युटीमा रहेका बेला आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते भएको अवस्थामा उनी फेला परेका बताइएको छ। उनको उपचारको क्रममा मृत्यु भएको सेनाले जनाएको छ।

‘हाल उक्त मिसन तैनाथ लेवनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा युद्धको मनोवैज्ञानिक असरको कारण यो घटना भएको हो वा अन्य कुनै कारणबाट उक्त घटना भएको हो भन्ने बारे बुझ्नै कार्य भइरहेको छ,’ सेनाले जारी गरेको प्रेस नोटमा भनिएको छ। थापाको शव नेपाल ल्याउन आवश्यक पहल भइरहेको सेनाले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित