काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंमा १७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भई तारकेश्वर नगरपालिका बस्ने ६० वर्षीय मधुप्रसाद सिटौला समेत छन् ।
काठमाडौं महानगरपालिका–२६, रानीबारी बस्ने कृष्ण सिलवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ७१० रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।