पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

 

काठमाडौं । विशेष अदालतले घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । १७ साउन २०७९ मा ६ लाख रुपैयाँ सहित पक्राउ परेका नेपाललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो ।

उपसचिव नेपालले पोखराको एक प्याराग्लाइटिङ कम्पनीको इजाजतका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए । तरपछि बरामद गर्ने क्रममा साढे १६ लाख रुपैयाँ भेटिएको थियो ।

अख्तियारले उपसचिव नेपालको फोन सम्पर्कको विवरण (कल डिटेल) र रेष्टुरेन्टको सीसीटीभी फुटेजका आधारमा बीबी एयरबेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले घुस दिएको निष्कर्ष निकाल्यो र उनलाई पनि मुद्दा चलाएको थियो । विशेष अदालतले भने घुस दिएको आरोप लागेका श्रेष्ठलाई सफाइ दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित