सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो : विनोद चौधरी

काठमाडौं । देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुपका मुख्य व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सांसद चौधरीले शुक्रबार पार्टी संसदीय दलको बैठकमा असन्तुष्टि जनाएका हुन्।

बैठकमा चौधरीले ०४६ सालमा बोलपत्रमार्फत छनोट भई सम्झौता भएअनुसार नै काम गरेको जानकारी गराएका बैठकमा सहभागी कांग्रेस सांसद जीवन परियारले जानकारी दिए।

चौधरीको भनाइ उद्धृत गर्दै परियारले भने, ‘अरुण चौधरी नाताले मेरो भाइ हुन्। तर, उनी नेपालको एक सफल उद्यमी र व्यवसायी पनि हुन्। यो घटना जुन बाँसबारी छालाजुत्ता कारखानाले ०४६ सालमा बोलपत्र आह्वान गरेर सबैभन्दा बढी रकममा छनोट गरेर विधिवत् रूपमा जुत्ता कारखाना बनाउने गरी सम्झौता भएको हो ।’

बैठकमा सांसद चौधरीले सरकारले एउटा उद्योगी–व्यवसायीलाई अपमानित ढंगले पक्राउ गरेको भन्दै यसले समग्र उद्योगी–व्यवसायीलाई नै आतंकित र हतोत्साही बनाउने जिकिर गरेका थिए। यसले लगानी सम्मेलनलाई पनि प्रभावित पार्ने उनको जिकिर थियो।

‘हामी उद्योगी–व्यवसायी जो अर्बौँको लगानी गरेर व्यवसाय गरेका छौँ, हामी भाग्ने, लुक्ने, छल्ने भन्ने हुन सक्दैन। छानबिन गर्न सकिन्छ, तर जुन ढंगबाट एरेस्ट गरिएको छ, यसमा चित्तबुझ्दो अवस्था छैन,’ चौधरीको धारणा उद्धृत गर्दै परियारले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित