कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक (सूचीसहित)

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको विषयगत समितिहरूमा पार्टीका तर्फबाट संयोजक तोकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले समावेशी तवरले संसद्‌को विषयगत समितिहरूमा एकरएक संयोजक तोकेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“संसद्‌भित्र जति विषयगत तथा संयुक्त समितिहरू हुन्छन्, त्यति नै सङ्ख्यामा कांग्रेसभित्र पनि समितिहरू हुने हाम्रो संसदीय दलको विधानमा उल्लेख छ । त्यसअनुरूप नै हामीले संयोजक तोकेका छौँ,” उनले भने ।

उनले संयोजकको जिम्मेवारी समावेशी हिसाबले प्रदान गरिएको बताए । ४० प्रतिशत महिला रहेको पनि उनले बताए । “त्यसबाहेक हामीले मधेसी, आदिवास जनजाति सबै क्लस्टरवाइज गरेका छौँ,” उनले भने ।

यी हुन् संयोजक :

१. अर्थ समिति, संयोजक : रामनाथ अधिकारी
२. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, संयोजक : डा. नारायण खड्का
३. उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, संयोजक : रमा कोइराला पौडेल
४. कानून, न्याय तथा मानवअधिकार समिति, संयोजक : नागिना यादव
५. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संयोजक : कुसुमदेवी थापा
६. महिला तथा सामाजिक मामिला समिति, संयोजक : आशा विक
७. राज्य व्यवस्था तथा सुशासन समिति, संयोजक : दिलेन्द्रप्रसाद बडू
८. पूर्वाधार विकास समिति, संयोजक : दिनेशकुमार यादव
९. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संयोजक : लीलादेवी बोखिम लिम्बू र,
१०. सार्वजनिक लेखा समिति, संयोजक : श्यामकुमार घिमिरे

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित