काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिने भएको छ ।
बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनीहरुलाई नियमित जाँचका लागि चिरायु अस्पताल लग्न लागिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
‘उहाँहरुले आफ्नो स्वास्थ्य समस्याबारे बताउनुभएको छ,’ उनले भने, ‘चेकअपका लागि त्यहाँ लैजाँदै छौं ।’