३० अंकले घटेर सेयर बजार बन्द,कारोबार रकम ४ अर्बमा झर्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा कायम भएको छ।

सेन्सेटिभ इण्डेक्स १.२४ प्रतिशतले घटेर ३७३.९३ विन्दुमा झरेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर बढेको सूचक बुधबार आएर २१.६७ अंकले घटेर बन्द भएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। आज ४ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको हो। बुधबार ५ अर्ब २९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँमा कारोबार भयो। दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ६.१० प्रतिशतले बढ्यो। यसदिन सामलिङ पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर मूल्य ९.४२ प्रतिशतले घट्यो। यसैगरी मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड बढि मूल्यको सेयर कारोबार भयो। नगदी ग्रुपको र नेपाल रिइन्स्योरेन्सको १४ करोड, एनआरएन इन्फ्रास्टक्चरको र अरुण कावेलीको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

१२ वटा उपसमूहको सूचक नकारात्मक देखिदा एउटा उपसमूहको मात्रै सूचक बढ्यो। हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक २.३५ प्रतिशतले घटयो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित