मन्त्रिपरिषद् बैठकले गर्‍याे तीन निकायमा नियुक्ति

काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त एक सदस्य पदमा रौतहट निवासी उमाशंकर प्रसाद नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको रिक्त सदस्य पदमा प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

मन्त्रिपरिषद्को बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।

राई यसअघि निगमकै सञ्चालक समिति सदस्य थिए। मन्त्रिपरिषद्ले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. सहारा श्रेष्ठलाई मनोनयन गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजकत्वमा रहेको राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित