बडिगाड स्वास्थ्य शाखा प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

बागलुङ । बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विजय केसीलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन् ।

शाखा प्रमुख केसीलाई कालोमोसो दलेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बागलुङका जिल्ला संयोजक पूर्णबहादुर गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गुरुङलाई अभद्र व्यवहारको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । गुरुङलाई बुधबार ताराखोला गाउँपालिका वडा नम्बर १ को भुस्काटबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित