छानबिन समितिको निष्कर्ष : अध्यागमन अधिकृतलाई विभागीय कारबाही, असईलाई निलम्बन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ ।

छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरु छायाँलालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रन्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।

घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । सुरुमा अधिकृकतलाई चेकजाँच गर्न आग्रह गर्ने प्रहरी जवान रवि रन्जन गुप्तालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित