भिजिट भिसा : ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दायर हुने

काठमाडाैं । त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा हुने मानवतस्करीमा संलग्नविरुद्ध मुद्दा दायर हुने भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको छ । बुधबार उक्त प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेको भएपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले बिहीबार काठमाडौं जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित