काठमाडौं । मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरीदेखि सेना र निजामती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
मानव अधिकार उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस पर्नेहरुमा सबैभन्दा बढी नेपाल प्रहरीका कर्मचारीहरु छन् । प्रहरीका एसएसपीदेखि जवानसम्म ३२ जना कारबाहीको सिफारिसमा परेका छन्। आयोगले गरेको सिफारिस अनुसार एसपी योगेश्वर रोमखामी (हाल एसएसपीबाट अवकाश प्राप्त), एसपी रामकुमार खनाल, एसपी नारायणकुमार आचार्य, एसपी उपमाप्रसाद चर्तुवेदी (हाल एसएसपी), एसपी टेकुनन्द इवा लिम्बू छन्।
त्यसैगरी डीएसपी कामाख्या नारायण सिंह, डीएसपी नारायणप्रसाद चिमोरिया, डीएसपी हनुमान शाह छन्। इन्सपेक्टर गोविन्दप्रसाद साह, इन्सपेक्टर महेन्द्र दर्नाल, इन्सपेक्टर दीपेन्द्र श्रेष्ठ, इन्सपेक्टर दुर्गालाल चौधरी, इन्सपेक्टर कमलप्रसाद गिरीलाई कारबाहीका लागि आयोगले सिफारिस गरेको छ ।
सई रामकुमार यादव, सई श्याम राउत, सई धर्मेन्द्र कुमार सिंह, सई चक्रबस्नेत पनि कारबाहीको सिफारिसमा परेका छन्। त्यसैगरी असई नवराज दाहाल, असई ऋषि खनाल, असई राजनप्रसाद नेपाल, असई खड्गबहादुर कार्की, असई दीनेश अधिकारी, असई महावीर राज धावे, असई बासुदेव चौधरीलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
हवल्दार भुवनसिंह कार्की, हवल्दार युवराज बस्नेत, हवल्दार हर्कबहादुर थापा, हवल्दार केदार अधिकारी, हवल्दार दलबहादुर कार्की, प्रहरी जवान विनोद ठाकुर, प्रहरी जवान टार्जन गुरुङ जवान निलम संग्रौलालाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ।
सशस्त्र प्रहरीबाट भने एक जना मात्रै कारबाहीका लागि सिफारिसमा परेका छन्, एसपी प्रकाश ओझा। नेपाली सेनाका सेनानी कृष्णमुरारी न्यौपाने, सेनानी सुरत रावल, सहसेनानी चक्रबहादुर कार्की, क्याप्टेन दीनेश थापा पनि कारबाहीका लागि सिफारिसमा परेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए।
राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर लिलाधर पौडेल पनि कारबाहीका सिफारिसमा परेका छन्। सुरक्षा निकाय बाहेक निजामतीबाट पनि कारबाहीको सिफारिसमा पर्नेहरु छन्। जसमा तत्कालीन प्रजिअहरु माधवप्रसाद ओझा, शालिग्राम शर्मा, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचाय, शिवप्रसाद नेपाल छन्।