इमेज सहकारीको कोषाध्यक्ष लक्ष्मी सेन जेल चलान

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् । जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको हो ।

असार १० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।

सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली बचतकर्ताको करिब २ अर्ब रुपैयाँ हिनामिना गरी फरार छन् । फरार नेपालीलाई पक्राउ गर्न सरकारले रेड कर्नर नोटिस जारी गरेको छ ।

१ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित