उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा . प्रल्हाद कार्कीलाइ कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ परेका छन्। क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ)लाई पक्राउ परेका हुन्।

मंगलबार कार्कीलाइ समय मागेर प्रतिष्ठानका विषयमा कुरा गर्न पुगेका तीन जनाको समूहले एक घण्टा छलफल गरेपछि कालो मोसो दल्ने प्रयास गरेका थिए।

कार्कीको कार्यकक्षमा रहेका घोपा अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी निरीक्षक कृष्ण भट्टराई, वरिष्ठ हवल्दार भुपेन्द्र पोखरेल र हवल्दार टिकाराम कट्टेलको प्रहरी टोलीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले घटनाको अनुसन्धान थालिएको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित