१५ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार १४.८८ अंकले बढेर बन्द भएको छ । बजार ०.७० प्रतिशतले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो । यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१५२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । चन्द्रगिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक स्थिर छ ।

निर्जीवन बिमा, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । यो समूहको परिसूचक ०.३ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि ‘अन्य’ समूहको भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित