बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

काठमाडौं । बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरुको जम्बो टोली भारतको हिमांचल राज्य जाने भएका छन् । टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहनेछन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालका अनुसार १८/१९ जना सांसदहरु उक्त भ्रमण टोलीमा रहन सक्छन् ।

समिति सभापति डा.आरजु राणाको पहलमा भारतीय पक्षले नै आमन्त्रण गरेको र त्यस आधारमा भ्रमण हुन लागेको हो । तर, भ्रमणको मिति तय भएको छैन् । समिति सचिवालयका अनुसार भारतीय पक्षबाटै भ्रमणको मिति तय गर्ने र पठाउने भन्ने भएको छ । उपसचिव बरालले भने, ‘केही दिनमा भ्रमणको मिति तय हुनेछ ।’

यसअघि समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले पहलकदमी लिनुपर्ने उनीहरुको माग थियो ।

यसअघि, कृषि समिति सभापति आरजु राणाले करिब बीस जना सांसद भारतको हिमाचल राज्यमा बाँदरको बन्ध्याकरणमार्फत नियन्त्रणको कामबारे अध्ययन गर्न जान लागेको जानकारी सभामुखलाई गराइसकेकी छन् ।

गत माघ ७ गते सभामुखसँग भएको संसदीय समितिका सभापतिहरुसँगको छलफलका क्रममा उनले आफूहरु हिमाचल राज्य जाने तयारीमा रहेको जानकारी गराएकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित