पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

इमरान खान प्रधानमन्त्री रहँदा कुरेशी विदेशमन्त्री थिए । दुवै नेतालाई गोप्य दस्तावेज खुलासा गरेको आरोपमा सजाय भएको हो ।

इमरान खानलाई यसअघि अर्को एक मुद्दामा समेत दोषी ठहर गर्दै तीन वर्ष जेल सजायको फैसला सुनाइएको थियो । यद्यपि उच्च अदालतले उनीमाथिको सजाय निलम्बन गरेलगत्तै गोप्य दस्तावेज चुहावट सम्बन्धी मुद्दामा उनलाई हिरासतमा लिइएको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध इमरान खानले पुनरावेदन दिन सक्नेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित