ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

धनगढी । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट साउदविरुद्ध प्रहरीकोमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले उजुरी दिएका हुन्।

मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन्। मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देबेन्द्र पालले उजुरी आएको पुष्टि गरे। यता मन्त्री साउदले उजुरी आएकोबारे आफूलाई जानकारी नभएको बताएका छन्। ‘मेरो कारोबार भएको छैन। मलाई उजुरी बारेमा जानकारी पनि छैन, म यो विषयमा बुझ्दैछु’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित