रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण, दुई प्रहरी जवान घाइते

रुकुम । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घटना आइतबार बेलुकाको हो । खड्काका अनुसार बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेका थिए । स्थानीयले फोनमार्फत प्रहरीलाई उक्त सूचना दिए । त्यस पश्चात् प्रहरी नायव निरीक्षक शोभा सिंह थारुको कमान्डमा चार जनाको प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको खड्काले बताए । ‘उनीहरूले प्रहरी माथि हातपात गर्दै ढुङ्गा समेत प्रहार गरे,’ उनले भने, ‘हाम्रो साथीहरू घाइते हुनुभयो ।’

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित