संघीय कानुन नबन्दा काम गर्न अफ्ठ्यारो : मुख्यमन्त्री पाण्डे

कमल पौडेल, बडिगाड । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय कानुन नबन्दा प्रदेश तथा स्थानीय तहले काम गर्न समस्या भएको बताएका छन् ।

आइतबार बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै कानुनहरू नबन्दा संघीयताको मर्मअनुरुप कार्यगर्न समस्या भएको बताएका हुन् ।

‘संघीय गणतन्त्रमाथि हाल भइरहेको प्रहार सैह्य हुँदैन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘समावेशीता मन नपराउनेहरुले व्यवस्था परिवर्तनको कुरा उठाएका छन् ।’

नेपाली समाज बहुधार्मिक तथा बहुसाँस्कृतिक भई सामाजिक सद्भावमा रहेको भन्दै मुख्यमन्त्री पाण्डेले समावेशीताले सबैलाई जोडेको बताए ।

बडिगाडको आफ्नै भवन

२०७७ साल असोज २१ गते तत्कालीन गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले शिलन्यास गरेको भवनको वर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन् ।

२०७८ मंसिर १६ गते भित्र सम्पन्न गर्ने गरि ५ करोड १८ लाख ५४ हजार ८ सय १९ रुपैयामा माउण्टेन कविन्द्र जेभिले ठेक्का लिएको थियो।

यद्यपी भवन ४ करोड ४८ लाख १ हजार १ सय ५८ मा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिइन् । गत वैशाखबाट सेवा सुरु गरेको भवन असार मसान्तमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित