अध्यागमनका कर्मचारीमाथि हातपात गर्ने दुई प्रहरीलाई विमानस्थलबाट हटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट हटाएको छ ।

आइतबार गुनासो लिएर गृहमन्त्रीलाई भेट्न पुगेका कर्मचारीहरूसँग उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइएको जानकारी दिए ।

हातपातमा संलग्न रहेको आरोप लागेका असई सञ्जय तामाङ र एक प्रहरी जवानलाई विमानस्थलबाट हटाइएको हो ।

विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी गृहमन्त्रीलाई उनीहरूले दिएका थिए।

कर्मचारीका नेताहरूले अध्यागमन अधिकृतसहितका कर्मचारीलाई कुटपिटमा संलग्न भनिएका प्रहरीलाई तीन दिनभित्र निलम्बन नगरे काम रोक्ने चेतावनी दिएका थिए। त्यसपछि गृहमन्त्री श्रेष्ठले डीएसपीसहितको कमान्डका र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइसकिएको जवाफ कर्मचारीका नेताहरूलाई दिए।

‘तपाईंहरूको आत्मसम्मानमा चोट पुग्न दिँदैनौँ। भोलिभित्र तपाईंहरूले परिणाम देख्नु हुन्छ’, उनले कर्मचारीका नेताहरूलाई आश्वस्त पार्दै भने, ‘त्यो घटनामा देखिएका प्रहरीलाई हटाइसकेका छौँ। अहिलेलाई निलम्बन गर्नुपरेन। थप कदम प्रतिवेदन आइसकेपछि चाल्नेछौँ।’

कर्मचारी संगठनका नेताहरूसँग गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र विमानस्थल घटना छानबिन समितिको संयोजक एवम गृहका सहसचिव थानेश्वर गौतम पनि सहभागी थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित