काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख कोइराला कारबाहीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रबार शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘वडा नम्बर १० स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको छ,’ शाहले भने, ‘अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ जसको अध्यक्ष मेयर हुने व्यवस्था छ। तर उनले आफ्‍नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको छ।’

त्यसबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृतले कोइरालासँग स्पष्‍टीकरण सोधेको हो। कोइरालाले आइतबार स्पष्टीकरण बुझाएका छन्। यस्तै सचिवालयले कोइरालालाई एक साता बिदामा बस्न निर्देशन दिएको शाहले बताए। नगर शिक्षा समितिले विज्ञान संकायका लागि रत्नराज्य स्कुलमा अनुमति नदिए पनि त्यहाँ २२ जना विद्यार्थी भर्ना भइसकेका थिए।

महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य हुँदा कोइराला काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख थिए। त्यसबेला पनि कागज कीर्ते भएको भेटिएको भन्दै उनको चितवनमा सरूवा भएको सचिवालयको दाबी छ। कोइराला १० महिनाअघि काठमाडौं महानगरमा शिक्षा विभाग प्रमुख भएर आएका थिए।

यसअघि महानगरले मेयरको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित