काठमाडौं उपत्यकामा झन बढ्यो चिसो, २ डिग्रीमा पुग्यो तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ। यसैक्रममा आज (आइतबार) यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो। ‘उपत्यकाका लागि यो तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो’,उनले भने ।

यसअघि शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो। त्यसो आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजेको मापनलाई मानिन्छ। त्यतिबेला तापक्रम अझ घट्ने सम्भावना हुन्छ। न्यूनतम तापक्रम जति घट्यो उति बिहान चिसो बढ्छ।

मौसमविद् झाका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ। यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए। हिजो शनिबार यहाँको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित