मधेशमा कांग्रेसका ढुंगाना र जसपाकी चौधरी निर्वाचित

काठमाडौं । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दुवै जना उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा) की पूजा चौधरी निर्वाचित भएकी हुन्। ढुंगानाले प्रदेशसभा सदस्यहरूको ३५५१ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८१९ मतभार पाएका छन्।

महिलातर्फ चौधरीले प्रदेशसभाको ४०२८ मतभार र स्थानीय तहका पदाधिकारीहरुको ३८९५ मतभार पाएको सहायक प्रदेश प्रदेश निर्वाचन अधिकारी नवीन चौधरीले बताए। ढुंगाना पाँचौ पटक सांसद बनेका हुन्। यसअघि उनी २०४८, २०५१ र ०५६ सालमा उनी धनुषाबाट प्रत्यक्षमा सांसद जितेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० सालमा समानुपातिकतर्फबाट सांसद चुनिएका थिए। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी २०५५ सालमा पर्यटन आपूर्ति र वनमन्त्री भएका थिए।

त्यसैगरी जसपाकी चौधरी पहिलो पटक सांसद बनेकी छन्। यसअघि गत प्रदेशसभा निर्वाचनमा रौतहटको ३ (क) बाट उनी पराजित भएकी थिइन्। जसपा नेता गोविन्द चौधरीकी छोरी समेत रहेकी उनलाई बुवाकै लेगेसीको कारण टिकट दिइएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित