गण्डकीमा गठबन्धनका शर्मा, परियार र श्रेष्ठ विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सीटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भइन् ।

उनले ३ हजार ६ सय ६० मतभार पाइन् । शर्माले स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाको मत पाइन् । एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार ल्याइन् । उनले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ २२ जनाको मत पाइन् ।

गण्डकीबाट अपांकता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । उनले ३ हजार ७ सय ७४ मतभार पाए । परियारले स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाको मत पाए ।

एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार ल्याए। उनले स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाको मत पाए । गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ८ सय ८ मतभार पाए । श्रेष्ठले स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाको मत पाए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित