राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खस्यो

दाङ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । ३०५ मतदातामध्ये २९८ मत खसेको हो। प्रदेश सभा सदस्य ८७ मध्ये ८५ जका नाले मतदान गरेका छन् भने स्थानीय तह २१८ मतदातामध्ये २१३ जनाले मतदान गरे।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्यका लागि निर्वाचन भएको हो। मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ । ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गरे भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखहरुले मतदान गरेका हुन्।

लुम्बिनी प्रदेशमा २ सिटका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । अन्य र महिला क्लस्टरका दुई सिटका लागि निर्वाचन भएको हो। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाइएको हो।

यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसी उम्मेदवार बनेका छन्। राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छन् । मतदान बिहान ९ बजेदेखि सुरु भएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित