बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई दिइयो १०/१० लाख राहत

काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो ।

सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।

सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित