माओवादीका ‘पूर्वकमान्डर’ जीतमान पुन पक्राउ

काठमाडौं । माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले ४ दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटेको प्रहरीले गिरफ्तार गरेको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष बाबुराम भट्टराईले युद्धकालीन मुद्दामा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । उनी भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

०७२ मा जिल्ला अदालत दाङले उनलाई २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उनी ०७४ मा रुकुम पूर्वबाट नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए ।

‘युद्धकालीन मुद्दा मलाई र प्रधानमन्त्री प्रचण्डलाई पनि छन् । ती मुद्दाका आधारमा गिरफ्तार गर्दै जाने हो भने के हुन्छ ?,’ भट्टराईले भने, ‘युद्धकालीन मुद्दालाई शान्ति प्रक्रियासँग जोडेर हल गर्नुपर्छ ।’

उनले यो घटनाको भर्त्सना गर्दै आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित