उच्च अदालत विराटनगरले रोक्यो बीपी प्रतिष्ठानको बढुवा

विराटनगर । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका शिक्षक कर्मचारीको बढुवा प्रक्रिया तत्काललाई रोक्न अल्पकालिन आदेश जारी गरेको छ । बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै शिक्षक र कर्मचारीहरु २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन् । बढुवा प्रक्रियाका विरुद्ध परेको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनरगले तत्काल प्रक्रिया रोकेर १७ माघमा छलफलका लागि दुवै पक्षलाई हाजिर हुन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

उपकुलपति प्रह्लाद कार्कीले बढुवाका लागि प्रकाशित विज्ञापन अनुसार अन्तरवार्ता अघि बढाउन मानेका छैनन् । सोमबार र मंगलबार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि बसेको कार्यकारिणी समितिको बैठक निष्कर्षबिहिन भएको थियो । अदालतको आदेशले उपकुलपति कार्कीलाई सहज भएको छ ।

प्रतिष्ठानको बढुवा सुचारु गर्न माग गर्दै सुरु भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले उच्चमा निवेदन दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि आउन आदेश दिएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित