काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार काठमाडौंस्थित विशेष अदालतमा महाप्रबन्धकसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन का.मु. उपनिर्देशक पवनकुमार लालकर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरूद्ध मुद्दा दायर गरेको हो।
उद्योगका लागि ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ( भिएफडी’ खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्य समेत यकिन नगरी लागत अनुमान नगरी सामग्री खरिद गरेको आरोप उनीहरूमाथि छ।
खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाट भिएफडी प्यानल ९पार्ट(ए० उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म परीक्षण नगरिएको अख्तियारले जनाएको छ।
उक्त सामग्रीको आवश्यकताको पहिचान र औचित्य यकिन नगरी लागत अनुमान समेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रूपमा बढी सामान खरिद गरेको देखाएको पाइएको थियो।
यसरी उनीहरूले २२ लाख ७८ हजार ३०५ रुपैयाँ बराबरको भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोप छ। उक्त रकम बराबरको बिगो कायम गरी अख्तियारले कैद सजाय सहितको मागदाबी गरी मुद्दा दायर गरेको हो।