दलित युवकसँग प्रेम गरेको थाहा पाएपछि बुबाले गरे १५ वर्षीया छोरीको हत्या

काठमाडौं । दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बाराको फेटा गाउँपालिका-१ का हरिन्द्र महतोलाई प्रहरीले १५ वर्षीया छोरी कोशिला कुमारीको हत्या आरोपमा पक्राउ गरेको हो।

मृतक बालिका स्थानीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै थिइन्। प्रहरीका अनुसार मृतक बालिकाको स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेको कारणले उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले भने, ‘घटनाको प्रारम्भिक वस्तुस्थिति हेर्दा मृतक बालिका एक युवकसँग प्रेममा रहेको र ती युवक दलित भएको कारण हत्या भएको देखिन्छ।’

मृतक बालिकाले प्रेम गरेका युवा कृष्ण बैठा दलित समुदायको रहेको र उसँग कुनै सम्बन्ध नराख्न परिवारले पटक-पटक कौशिलालाई दबाव दिँदै आएको थियो।

गाउँमा बैठासँगको सम्बन्धको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामाघर समेत पठाइएको थियो। तर, छोरीले बैठासँगको सम्बन्धलाई कायम राखेपछि बाध्य भएर हत्या गर्नुपरेको हरिन्द्रले स्वीकारेको प्रवक्ता दधिराम न्यौपानेले बताए।

प्रवक्ता न्यौपानेका अनुसार महतोले दुई सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगी हत्या गरेको र शवलाई खोला किनारमा फालेका स्वीकारेका छन्।

घटना पर्सामा भएकाले प्रारम्भिक अनुसन्धानपछि बारा प्रहरीले थप कारबाहीका लागि पक्राउ परेका महतोलाई पर्सा प्रहरीको जिम्मा लगाएको छ। यता, जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकारीले घटनामा संलग्न दुई जना फरार रहेकाले खोजी भइरहेको बताए।

उनका अनुसार महतोले गत साउन ११ गते मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा हत्या गरेर शव फालेका थिए।

शरीर र टाउको छुट्टा-छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव गत साउन १३ गते प्रहरीले फेला पारेको थियो। सोही कार्यमा संलग्न दुई जनालाई प्रहरीले खोजिरहेको बारा प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित